Logo
Logo

बरिष्ठ प्रगतिशील गायक टुहुरेको निधन



काठमाडौं । बरिष्ठ प्रगतिशील जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । जनगायक टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यही गएको मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल भर्ना गरिएको थियो । उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोगी थिए ।

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्