Logo
Logo

कलाकार खबपु दुर्घटनामा घाइते



काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । उनी बिहिबार साँझ ७ बजे स्कुटी दुर्घटनामा परेका हुन् ।

काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् ।

उनका साथी नवराज थापाका अनुसार दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको छ ।

खबपु बिहीबार रातिनै सामान्य उपचारपछि घर फर्किएका छन् भने अहिले उनको अवस्था सामान्य रहेको आफन्तले जनाएको छ ।

थापाका अनुसार खबपु दुर्घटना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो घटना घट्को हो । उनको स्कुटी पनि सामान्य क्षति भएको छ ।

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस्