Logo
Logo

इजरायल जाने आवेदकले भदौ २८ मा परीक्षा दिन पाउने



काठमाडौं । इजरायल जाने आवदेकले भदौ २८ गते परीक्ष दिन पाउने भएका छन् ।

इजरायलमा (केयर गिभर) पदमा जान आवेदन दिएका नेपाली कामदारले भदौ २८ गते परीक्षा दिन पाउने भएका हुन् ।

काठमाडौं उपत्यकाका विभिन्‍न परीक्षा केन्द्रहरूमा दिउँसो १ बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको थियो ।

इजरायलमा एक हजार कामदारको माग आएको छ । ७० प्रतिशत महिला र ३० पुरुषलाई लैजाने गरी इजरायलबाट माग आएको हो । कामदारले मासिक डेढ लाख रुपैयाँ बढी तलब पाउनेछन् ।

गत वर्षको असोज महिनामा इजरायल र नेपाल सरकारबीच केयर गिभर पदमा नेपाली कामदार लैजाने गरी सम्झौता भएको थियो । सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो । जसको आवेदन भर्ने समय केही दिन अघि मात्रै सकिएको थियो ।

पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । त्यहाँको नियमअनुसार हप्तामा ६ दिन काम गर्नु पर्नेछ । सातामा ४२ घण्टा कामको अवधि तोकिएको छ । बार्षिक विदा इजरायली कानुनअनुसार पाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्