Logo
Logo

रामेछापमा तारा एयरको विमान दुर्घटना


- दृष्टि न्युज/संवाददाता


रामेछाप , ९ वैशाख ।
रामेछापमा विमान दुर्घटना भएको छ ।

रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको हो ।

काठमाडौंबाट ९ः३५ मा रामेछापको लागि उडेको 9NAKK कल साइनको विमान अवतरणको क्रममा धावन मार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक अदालतले जानकारी दिए । यद्यपि जहाजको चक्कामा भने क्षति पुगेको उनले जानकारी दिए ।जहाजमा १४ जना यात्रु सवार रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्