Logo
Logo

बेलायतमा बन्यो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडियो)



काठमाडौं । सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा शब्द सिर्जना आङबुहाङको रहेको भने गीतमा अशोककुमार राईले संगीत गरेका छन् । बेलायतमा छायाँकन गरिएको यस भिडियोलाई नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो ।

यस गीतको भिडियोमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निङ्लेखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको अभिनय रहेको छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायाँकन र सम्पादन रहेको छ । उक्त भिडियोको निर्देशन सन्तकुमार राईले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्