Logo
Logo

यस्ता छन् ‘आठौँ तीज म्यूजिक अवार्ड’काे उत्कृष्ट पाँच (सूचीसहित)



काठमाडौं । आठौँ छायाँछवि तीज म्युजिक भिडियो अवार्ड २०७८ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । तीजका गीतसंगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर धकेलिँदै गएको आरोप लागिरहेका बेला तीज गीतलाई सभ्य बनाउने उद्देश्यले यो अवार्ड सुरुवात गरिएको आयोजकको भनाइ छ ।

तीजका अवसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ अवार्डको आयोजना गरिन लागेको हो ।

यस पटक कोरोना कहरका बिचमा पनि निर्माण भएका तीज गीतलाई समेटेर अवार्ड गर्न लागिएको आयोजले जनाएको छ । अवार्ड यही २१ भदौंमा प्रदान गरिँदैछ । कुल १५ विधामा अवार्ड प्रदान गरिँदैछ ।

उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन् :


उत्कृष्ट तीज गीत मिक्सीङ

१. मनोज परीयार : सानीमाया
२. पवन विश्वकर्मा : माइतीको घर
३. मनोज परियार : पातली –३
४. राजु कार्की : सिङ्गापुरे साडी
५. विपिन आचार्य : हाइ मेरो जीन्दगी

उत्कृष्ट तीज गीत एरेञ्जर

१. राकेश सोनी : गर्छु माया गर्छु
२. पवन विश्वकर्मा : माइतीको घर
३. राकेश सोनी :घिन घिन मादल
४. राजेन्द्र बजगाई : फूलै फूल्यो तिउरी
५. झलक संगीतम् : रीमझिमे झरी

उत्कृष्ट तीज गीत नव गायिका

१. सकुना श्रेष्ठ मलेकु : माइतीको आगन
२. शिलाश्मा हमाल : झीलीमाई
३. विन्दु विसी : घिन घिन मादल
४. सरिता सुनार : लोभी बुढा
५. सारदा धिताल : सिङ्गापुरे साडी

तीज गीत मोडल पुरुष

१. राजेन्द्र लोहनी : लकडाउनले
२. दीपेन्द्र तिमील्सीना : पारी वन हरियो
३. अभिषेक खड्का : कलकन्ते काइयो
४. सुमन परियार : जुल्फि पालेको
५. रमेश थापा : मामली तनहुँ

तीज गीत मोडल महिला

१. अञ्जु सुनार : माईतीको आगन
२. साक्षी लम्साल : आँखा गयो नयाँ चिजैमा
३. रोविशा रसाइली : गर्छु माया गर्छु
४. करिश्मा ढकाल : थोपडाले धोका दीयो
५. टीका जैशी : डालीमा पुतली भुरुभुरु

उत्कृष्ट तीज गीत छायांकार

१. मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा
२. प्रकाश खड्का : हङकङको साडी –२
३. दुर्गा पौडेल : कुरा काटन
४. रोनिश तामाङ : यसपाली त सोह्रै
५. अजय रेग्मी : टीकटक चलाउने

उत्कृष्ट तीज गीत सम्पादक

१. विनोद वम : आँखा गयो नयाँ चिजैमा
२. राजकुमार मगर : हङ्कङ्को साडी –२
३. विष्णु शर्मा : सानी
४. सुरेश राउत : सालको पात
५. प्रकाश धमला : अली अली लजाउदै

उत्कृष्ट तीज गीत नृत्य निर्देशक

१. स्मृति तिमील्सीना : अलि अलि लजाउदै
२. दिपेद्र तिमील्सीना : पारी वन हरीयो
३. केशवराज भट्ट : झिलिमाई
४. राजीव बलामी : फुलै फूल्यो तिउरी
५. स्मृति तिमील्सीना : सिङ्गापुरे साडी

उत्कृष्ट तीज गीत भीडियो निर्देशक

१. देवेन्द्र पाण्डे : टीकटक चलाउने
२. सुरेन्द्र वसेल : यस पालीको तीजमा
३. सुमन सागर जंग केसी : जम्का भेट
४. प्रकाश धिताल : झिलीमाई
५. होम गुरुङ : मुग्लिन

उत्कृष्ट तीज गीत शब्द

१. ज्योति गुरुङ : परदेशको छोरी
२. राकेश सोनी : घिन घिन मादल
३. शिताष्मा भुषाल : स्वामीकी प्यारी
४. रमेश परियार : माईती देशैँको
५. शुष्मा शाही ठकुरी : सानी

उत्कृष्ट तीज गीत लय

१. एच वि सुनार : माईतीको आगन
२. रमेश परियार : माईती देशैको
३. ऋतु कँडेल : अलि अलि लजाउँदै
४. राकेश सोनी : गर्छु माया गर्छु
५. भुवन प्यासी : मखमली

उत्कृष्ट दोहोरी तीज गीत गायिका

१. भुमिका शाह : वाटुला
२. भावना आचर्य : टीकटक चलाउने
३. रमीला न्यौपाने : नाई भन्न पाईदैन
४. पुर्णकला बिसी : धिपी धिपी बत्ती
५. चिजा तामाङ : तारा जुन

उत्कृष्ट दोहोरी तीज गीत गायक

१. भागीरथ चलाउने : थोपडाले धोका दियो
२. सम्राट चौलागाई : सम्झीने पानी छम्किने
३. खेम सेञ्चुरी : धिपी धिपी बत्ती
४. खुमन अधिकारी : अब होला केही
५. भुवन प्यासी : मखमली

उत्कृष्ट तीज गीत गायिका

१. मन्जु उपासना : माईतीको आगन
२. ऋतु कडेल : अलि अलि लजाउँदै
३. दीया नेपाल : पिलासे चोली
४. सुनिता दुलाल : परदेशकी छोरी
५. रोशनी रसाईली : गर्छु माया गर्छु

उत्कृष्ट मौलिक तीज गीत गायिका

१. सुनिता दुलाल : स्वामीकी प्यारी
२. कल्पना काफ्ले : कम्मरै ढलमल
३. स्मृती गौतम : माईती देश
४. कला लम्साल : पातली –३
५. उमा श्रेष्ठ : तीजैको मेला

प्रतिक्रिया दिनुहोस्