Logo
Logo

आयल निगमको मुनाफा खोरी, सरकारको उपहार


- दृष्टि न्युज/संवाददाता



आयल निगमले ०७१ देखि स्वचालित मूल्य प्रणाली लागु गरेको थियो । यो भनेको अन्तराष्ट्रिय वजारमा मूल्य वढे नेपालमा पनि वढाउने र मूल्य घटाउँदा यहाँपनि घटाउने प्रणाली हो । तर केही समय देखि आयल निगमले अन्तराष्ट्रिय वजारमा पेट्रोलियम पदार्थको मूल्य वढेमा यहाँ पनि वढाउने तर मूल्य घटेको वेला भने मूल्य नेपालमा नघटाउने गरिरहेकोछ ।

यो भनेको उपभोक्तालाई ठग्नु हो ।

या त स्वचालित मूल्य प्रणाली लागु नगर्ने घोषणा सरकारले गर्नु पर्दथ्यो । या त यो प्रणाली लागु गरिसकेपछि पुरा लागु गरिनु पर्दथ्यो ।

तर ओली सरकार मातहतको आयल निगमले मूल्य वढेको वेला नेपाली वजारमा पनि मूल्य वढाएर उपभोक्तावाट असुली गर्ने, तर अन्तराष्ट्रिय वजारमा मूल्य घटेको वेला भने मूल्य नघटाएर वढी मूल्य नै लिई पुनः उपभोक्तालाइ ठग्ने गरिरहेकोछ ।

यो सिधै उपभोक्ता माथि ओली सरकार मातहतको आयल निगमले गरेको ठगी र खुल्ला डकैति हो ।

तर ओली सरकार भने चुपचाप वसेको छ । आफ्नो मातहतको सरकारी निकायले जनतामाथि गरिरहेको खुल्ला डकैति र ठगीको समर्थन गरिरहेकोछ ।

माघ देखि अन्तराष्ट्रिय वजारमा मूल्य घटेपनि यहाँ नघटाई मासिक ६० करोड वरावरको ठगी सरकारले गराइरहेकोछ । अर्थात यस अवधीमा करीव १८० करोड रुपैया वरावरको लूट ओली सरकारले गराइ सकेको छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्