Logo
Logo

दर्पणको निर्देशनमा बन्यो ‘ग्याङ्स्टार’ (भिडियोसहित)



काठमाडौं । एमएमएस इन्टरटेनमेन्टले प्रायः फरक फरक शैलीका गीतसंगीत पस्कँने गर्छ । केही समयअघि मात्र फरक शैलीको तीज गीत सार्वजनिक गरेको यस च्यानलले बिहीबार एउटा र्याप (हिपअप) सार्वजनिक गरेको छ । ‘पारा पारा ग्याङ्स्टार’ टाइटलको यस हिपअपको भिडियोलाई हलिउड शैलीमा निर्माण गरिएको छ ।

अफ्रिका हुँदै हलिउड र बलिउड भित्रिएको हिपअप अर्थात र्याप संगीतको पछिल्लो समय नेपालमा पनि ट्रेण्ड छ । यही ट्रेण्डलाई पछ्याउँदै एमएमएस इन्टरटेनमेन्टले बेला बेला हिपअप गीतको भिडियो आफ्ना दर्शक तथा स्रोताका लागि पस्कँदै आएको हो ।

यस पटक ल्याएको हिपअप गीतको भिडियो मेकिङमा निकै मिहिनेत गरिएको पाइन्छ । मानव थापा ‘स्याडो’को र्याप, संगीत र शब्द रहेको ‘पारा पारा ग्याङ्स्टार’को निर्देशन दर्पण राईले गरेका हुन् । गीतकार तथा मोडलको रुपमा चर्चित दर्पण म्युजिक भिडियो निर्देशनमा समेत निकै क्रियटिभ छन् । विशेषगरी स्टोरी कन्सेप्टमा उनको नयाँपन पाइन्छ ।

मानवको यस र्यापको भिडियो हेर्दा हाल बजारमा आइरहेकाहरु भन्दा केही फरकपन दिन खोजिएको छ । भिडियोमा अनिल के मानन्धरको सिनेमाटोग्राफी र निर्देशकको स्टोरी कन्सेप्टले भिडियो गुणास्तरिय बनेको छ ।

यतिखेर एमएमएस इन्टरटेनमेन्टको अर्को भिडियो पनि चर्चित छ । ‘जीन्दगी यस्तै नै रहेछ’ बोलको क्याटल तीज गीतले बजारमा राम्रै चर्चा पाइरहेको छ । यसैबेला यो र्याप गीत सार्वजनिक गरेको हो । गीतकार तथा निर्देशक दर्पण भन्छन्, ‘यो गीतलाई पनि दर्शकले रुचाउँनेछन् भन्ने अपेक्षा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्