Logo
Logo

मोदीकाे पुत्ला जलाइएकोमा गृह मन्त्रालयको आपत्ति



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल सरकार सबै मित्रराष्ट्रसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन र नेपाली भूमिमा कुनैपनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ ।’

मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

केही दिनअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको थियो । दार्चुलाका जयसिंह धामी बेपत्तामा भारतीय एसएसबीको संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा विद्यार्थीहरुले मोदीको पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्