
काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । नेकपा एमालेकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीको विषयमा सरकारको ध्यानाकर्षण गराउने र संसदमा आवाज उठाउने निर्णय भएको जानकारी दिइन् ।
साथै अहिलेसम्म जे जति खोज, उद्धार र राहतका काम भइराखेका छन्, भएका कामका निम्ति सरकारलाई धन्यवाद दिइने र बाढी प्रभावितहरूको गाँस, बास र कपासको व्यवस्था मिलाउन र सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् ।















