Logo
Logo

उपसभामुखले १ महिनाको तलब बाढी प्रभावितलाई दिने


378
Shares

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रुबी कुमारी ठाकुरले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई भनेका हुन् । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले तलबबाट बाढी पीडितलाई सहयोग गर्ने गरी निश्चित रकम जम्मा गरिदिन संसद् सचिवालयलाई आग्रह गर्दै पत्र लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्