‘सूचना प्रविधि र संचारकर्मीको भूमिका’बारे अन्तरक्रिया सम्पन्न « Drishti News – Nepalese News Portal
Logo

‘सूचना प्रविधि र संचारकर्मीको भूमिका’बारे अन्तरक्रिया सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । कम्प्युटर एशोसिएन नेपाल महासंघ ‘क्यान’ले कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया आयोजना गरेको छ ।

मैतीदेवीस्थित सन वे ईन्टरनेशनल बिजनेस स्कूलमा पत्रकार महिलाहरुका लागि क्यानको वुमेन इन आइसिटी र आइसिटी यूथ इम्पावरमेन्ट कमिटिद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ महिला संचारकर्मी एवं मिडिया एड्भोकेसी ग्रपकी कार्यकारी निर्देशक बबिता बस्नेत र साउथ एसिया वमेन इन मिडियाका अध्यक्ष तथा सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्मा प्रमुख श्रोत व्यक्तिको रुपमा रहेका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष नवराज कुँवरले सहभागीहरुलाई स्वागत गर्दै हरेक संकट वा महामारी सामनापछि मानिसले आफ्नो कार्यशैलीमा परिमार्जन गर्नुपर्ने बताए । विश्वव्यापी माहामारीको रुप लिएको कोरोना संक्रमणपछि नेपाली पत्रकारको रिर्पोटिङ गर्ने शैलीमा केही उल्लेखनीय परिवर्तन आएको उनले बताए ।

कोभिड १९ महामारीको बेला नेपाली मिडियामा देखिएका बिशेषगरी रेडियो, टेलिभिजन र अनलाइन माध्यममा बिषयवस्तु वा समाचार कन्टेन्टका स्वरुप र प्रस्तुतिका शैली, मल्टिमिडियामा प्रयोग, पाठक सम्मको पहुँचका लागि अपनाइएका सम्प्रेषण वा बितरणका तौरतरिकामा धेरै परिर्वतन आएको छ ।

अधिकांश नेपाली सञ्चार माध्यमले डिजिटल प्रविधिको अझ बृहत्तर प्रयोग गर्न थालेको र उनीहरूले सामाजिक सञ्जालको भरपुर प्रयोग गर्दै आएको अध्यक्ष कुँवरले बताए । कार्यक्रम शुरुवात गर्दै महासंघका महासचिव नारायण थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै महासंघले गर्ने कार्यक्रमहरुका सन्र्दभमा प्रकाश पारेका थिए ।

कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले महिला पत्रकारमा कोभिड १९ ले ल्याएको असर, चुनौती र भूमिका का बारेमा बताउँदै महिलाहरु टेक्नोलोजीमा सहभागिता कम रहेको तर यस महामारीले सूचना प्रविधिमा ठूलो फड्को मारेकाले महिलाले पनि यसबाट लाभान्वित हुने अवसर पाएको बताइन् । सूचना प्रविधिको सही सदुपयोगले सूचना सम्प्रेषण गर्न सजिलो र सही सूचना प्रेषित हुनेमा भने दुईमत नरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्