Logo
Logo

जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन



जुम्ला । जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको हाे ।

जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेश जिल्ला कार्यासमितले बताएको छ । बाँकी दुई वडामा  पनि सहमतिमै चयन गर्ने प्रयास भइरहेको पार्टी सचिव कार्मा बुढाले बताए । 

जुम्लाका ६०  वडामध्ये ५८ वटा वडामा नयाँ नेतृत्व चयन गर्दा एक वडालेमात्रै महिला नेतृत्व पाएको छ । राज्यले राजनीतिमा महिला सहभागीता ३३ प्रतिशत कायम गरेको छ ।

तर, जुम्लामा ६० मध्ये ५८ वटाको नेतृत्व चयन हुँदा महिला एकजनामात्र परेकी छन् । तिला गाउँपालिका २ की सीता रावत वडा सभापतिमा चयन भएकी हुन् । 

कांग्रेसको वडा तहको अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि जिल्ला सभापतिमा भने रस्साकस्सी हुने देखिएको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दिपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सुजुवालको नाम चर्चामा छ ।

२७ भदौमा गाउँपालिकास्तरीय अधिवेशन, १ असोजमा प्रदेश क्षेत्रस्तरीय अधिवेशन र ५ असोजमा जिल्ला अधिवेशन हुन लागेको छ । 

प्रतिक्रिया दिनुहोस्