Logo
Logo

प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार पुनः सुरू



महाेत्तरी । आठ वर्षपछि सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः आजदेखि सर्पदंशको उपचार सुरू भएको छ ।

नगरपालिकाले आफ्नो पहिलो नीति तथा कार्यक्रममा सर्पदंश उपचार सञ्चालन गर्ने उद्देश्यअनुसार विधिवत्रूपमा आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार थालिएको हो ।

सर्पदंश उपचारका लागि विज्ञ चिकित्सकबाट २१ स्वास्थ्यक्रर्मीले दुई दिने तालिमसमेत लिएका छन् । डा प्रकाश साहका अनुसार आफ्नो नेतृत्वमा सर्पदंश उपचारसम्बन्धी डा छविलाल थापा र रेस्क्यु टिमका कमल देवकोटालाई आग्रह गरेर कञ्चनरुपमा दुई दिने सर्पदंश उपचारका लागि तालिम दिलाएको बताए ।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज उद्घाटन गरेर सेवाको सुरू गरिएको हो । कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्रले शिक्षा र स्वास्थ्य शान्ति क्षेत्र भएकाले यसक्षेत्रमा कसैले अशान्ति तथा अनावश्यक हस्तक्षेप गर्न नहुने बताए ।

स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादवले गोमन सर्पले टोकेपछि २० मिनेटभित्र बिरामीलाई उपचारका लागि पुर्‍याउन सके बचाउन सकिने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्