काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर विरोध प्रदर्शन गरेको छ ।

ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाए सरकारको विरोध गरेका हुन् । उनीहरूले सडकमै इँटा राखेर चुलो बनाएका छन् भने उक्त चुलोमा दाउरा बालेर खाना बनाएका हुन् ।















