Logo
Logo

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ११ वैशाख ।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ ।

पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

सइको कमान्डमा जागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्