Logo
Logo

नेकपा एकीकरण : ५३ नेतालाई दोहोरो जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ वैशाख ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन्।

केही नेताले भने तेहेरो जिममेवारी पाएका छन्। प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन्।

यस्तै, विभिन्न तहका थप जनप्रतिनिधि केन्द्र र जिल्लाको भूमिका रहेको छन्। नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटीको अध्यक्ष सचिवको जिम्मा दिइएको छ। सात केन्द्रीय सदस्य जिल्ला कमिटि अध्यक्ष भएका छन् भने नौ सचिव भएका छन्।आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्