Logo
Logo

राष्ट्रपति भण्डारी आज चीन जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ वैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन जाँदैछिन्। चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तराष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे चीन जाने राष्ट्रपती कार्यलयले जनाएको छ ।

आठ दिने चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सिजिङपिङसँग भेटवार्ता गर्नेछिन्। त्यस्तै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटनमा पनि सहभाथी हुने र त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ। राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई० सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ । जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् । नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकामा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्