Logo
Logo

प्रितम र जिग्मेको पहिलो युगल गीत ‘हाम्रो माया’ (भिडियोसहित)



काठमाडौं । सांगीतिक क्षेत्रमा प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङ श्रोता दर्शकमाझ चर्चित छन् । यी दुई गायन प्रतिभाको आ–आफ्नै प्रतिभा र परिचय छ । यिनै दुई गायन क्षेत्रका चिम्कला प्रतिभाले गाएको पछिल्लो गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ ।

एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको ‘हाम्रो माया’ लभसङ हो । गीतकार तथा मोडल दर्पण राईको शब्दरचना रहेको यस गीतको भिडियोमा उनीहरु नै देखिएका छन् ।

भारतको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’का तृतिय भएका गायक प्रितम त्योबेला देखि नै श्रोताको मनका बस्न सफल भएका थिए । भारतमा समेत तहल्का मच्चाएपछि प्रितमलाई नेपालमा गीतकार दर्पण राईले लगातार अवसर दिँदै आएका छन् ।

दुवै जना प्रतिभा गीतकार दर्पण राईको ‘तिम्ले बाटो फर्यौ अरे’जस्ता चर्चित गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका हुन् । तर, त्यो बेला जिग्मे र प्रितम बालकलाकार थिए । अहिले पनि बालकलाकार नै हुन्भन्दा अत्योक्ति नहोला । तर, यो गीत र भिडियो हेरेपछि लाग्छ, ‘दुवै जना वश्यक भइसके ।’ विभिन्न गीत गाएर चर्चामा आएका प्रितम र जिग्मेको यो पहिलो युगल गीत हो ।

गीतकार दर्पणले ‘तिम्ले बाटो फेर्यौँ अरे’बाटै आफ्ना गीतकार विभिन्न भर्सनमा ल्याउन थालेका हुन् । जुन गीत दर्पणका लागि मात्र नभएर मेलिना राई, जिग्मे छ्योकी, प्रितमलगायतका कलाकारका लागि एउटा ‘टर्निङ’ प्वाइन्ट पनि हो । नेपाली सांगीतिक आकाशमा ब्लकबस्टर बनेको ‘तिम्मले बाटो फर्यौँ अरे’ विभिन्न भर्सन र तीन सिरिजसम्म आइसकेको छ ।

एक किसिमले भन्ने हो भने गीतको सिरिज निर्माण गर्ने एउटा नियम नै दर्पणले बसालेका छन् । ‘तिम्मले बाटो फर्यौँ अरे’को सिरिज नआएसम्म रिमेक गर्ने चलन थियो । तर, अहिले रिेमकको सट्टा सिरिज ल्याउने क्रम बढेको छ ।

यस्तै, दर्पणले आफ्ना अरु गीतहरु पनि सिरिजका रुपमा प्रस्तुत गर्दै आएका छन् । यो उनको पछिल्लो सिरिज गीत हो । यस गीतलाई पनि श्रोता तथा दर्शकले रुचाएका छन् । शुक्रबार सार्वजनिक गरिएको यो गीतको प्रतिक्रिया एकदमै राम्रो आइरहेको गीतकार दर्पणले बताए । यस गीतलाई अजय कार्कीले संगीत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्