Logo
Logo

गैंडालाई उत्तानो पारेर झुण्ड्याउनेलाई आईजी नोबेल पुरस्कार



काठमाडाैं । गैंडालाई उत्तानो झुण्ड्याउँदा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानले यो वर्षको आईजी नोबेल पुरस्कार प्राप्त गरेको छ । नक्कली नोबेल वा व्यङ्ग्यात्मक नोबेल पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो नभए पनि यसलाई महत्वपूर्ण पुरस्कार मानिन्छ ।

यो पुरस्कारले हसाउने र पछि सोच्न बाध्य पार्ने विज्ञानसम्बन्धी हास्यपत्रिका एनल्स अफ इम्प्रोबबल रिसर्चले जनाएको छ । यस वर्षको अर्थशास्त्र तर्फको आईजी नोबेल पुरस्कार नेताको मोटोपना त्यो देशमा हुने भ्रष्टाचारको सङ्केत भएको पत्ता लगाएबापत पाब्लाे ब्लाभास्त्सकीले प्राप्त गरेका बीबीसीले जनाएको छ । गैंडालाई उत्तानो पारेर झुण्ड्याउने अनुसन्धान कोर्नल युनिभर्सिटीका वन्यजन्तु चिकित्सकहरुले गरेका हुन् ।

अफ्रिकामा अर्को वासस्थानमा लैजान वन्यजन्तुलाई उत्तानो पारी झुण्ड्याएर ओसार्ने क्रम बढेपछि वैज्ञानिकहरुले यसबाट पर्ने असरबारेमा अध्ययन गरेका हुन् । अनुसन्धानका क्रममा गैंडालाई उत्तानो पारेर झुण्ड्याउँदा आउने समस्यालाई गैंडाले सहजै सामना गर्ने सक्ने देखिएको छ । विजेताहरुलाई नक्कली बैंक नोट र कागजको ट्रफी दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्