Logo
Logo

गुजरातकाे नयाँ मुख्यमन्त्रीमा भूपेन्द्र पटेल नियुक्त



एजेन्सी ।भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा)का भूपेन्द्र पटेल मुख्यमन्त्री भएका छन् । भाजपाकै नेता विजय रुपाणीले पदबाट राजीनामा दिएपछि पटेल नयाँ मुख्यमन्त्री बनेका हुन् ।

यसअघि पनि गुजरातमा बीजेपीकै मुख्यमन्त्री थिए । कार्यकाल पूरा हुन एक वर्ष बाकी छँदै विजय रूपाणीले शनिबार अनपेक्षित रूपमा राजनीनामा दिएपछि पटेन नयाँ मुख्यमन्त्री बनेका हुन् ।

भाजपाले गुजरात विधानसभा निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि मुख्यमन्त्री परिवर्तन गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातममा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ ।

चुनाव अघि नै मुख्यमन्त्री परिवर्तन गरेर भाजपाले चुनावको रणनीति तयार पारेको हो । गुजरातमा पाटिर आन्दोलनका कारण भाजपा संकटमा छ । त्यसैले पाटिदार समूदायकै भुपेन्द्र पटेललाई मुख्यमन्त्री बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्