Logo
Logo

एनआरएनएको निर्वाचन प्रक्रियाअघि नबढाउन परराष्ट्र मन्त्रालयको निर्देशन



काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ ।

निर्वाचन प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन मन्त्रालयले निर्देशन दिएको हो ।

यसअघि विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेटसलाई राख्न माग गर्दै मन्त्रालयमा उजूरी परेको थियो ।

उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिइएको र एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको व्यहोरा उल्लेख थियो । निर्णय नसच्चिएसम्म विश्व सम्मेलन अगाडी नबढाउन पनि उजूरीमार्फत माग गरिएको थियो ।

एनआरएनएका विभिन्न २५ देशका अध्यक्षलगायत प्रतिनिधिहरुको नाम संलग्न गरी गरिएको उजुरीमा विभिन्न १९ वटा कमजोरीहरू उल्लेख गरिएको थियो । एनआरएनए आइसीसी पूर्व सचिव जानकी गुरुङ,कतारबाट मानार्थ सदस्य नवराज ओली (शनि) र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेलले सो उजुरी दिएका थिए ।

मन्त्रालयले सो उजुरीलाई आधार मान्दै तत्काल निर्वाचन सम्बन्धि प्रक्रिया अगाडि नबढाउन र मतदाता नामावली छानविन गर्न समेत एनआरएनए आईसिसिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्