Logo
Logo

रोजगारीको लागि इजरायल जानेको भाषा परीक्षा आज हुँदै



काठमाडौं । आज इजरायलका रोजगारीका लागि जाने श्रमिक छनोट गर्न भाषा परीक्षा हुँदैछ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा लिन लागिएको हो ।

काठमाडौंका विभिन्न परीक्षा केन्द्रमा दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षा हुने भएको छ । परीक्षामा ७ हजार परीक्षार्थी सहभागी हुने छन् ।

८० पूर्णाङ्कको परीक्षामा ४० वटा टिकमार्क प्रश्नको जवाफ दिनु पर्ने छ । परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गरिने बताइएको छ । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता हुने जनाइएको ।

शारीरिक परीक्षण पनि हुने छ । परीक्षार्थीको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ । ७ सय महिला र ३ सय पुरुष छनोट हुनेछन् ।

इजरायल जाने श्रमिकले सरकारलाई १ लाख ६५ हजार रुपैयाँ तिर्नु पर्ने छ । एक लाख ८६ हजार रुपैयाँ मासिक पारिश्रमिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्