Logo
Logo

जापान नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गर्दै



टोकियो (जापान) । जापानले नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको छ । त्यहाँको मेई विश्वविद्यालयका वैज्ञानिकहरुले नेजल स्प्रेमार्फत दिन सकिने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् ।

खोप विकासबारे विकास कार्यक्रममा संलग्न विश्वविद्यालयका संक्रामक रोग नियन्त्रण तथा औषधि विभागका प्राध्यापक तेसुया नोजाकाले बताएका हुन् ।

यस विधिबाट खोप लगाउन सुइले घोच्नु पर्दैन । खोपलाई नाकको दुबै प्वालमा स्प्रे गर्न सकिन्छ । यस विधिबाट लगाइएको खोपले पनि उपयुक्त स्तरमा एन्टीबडी उत्पादन गर्ने नोजाकाले बताएका छन् ।

सो खोप सन् २०२० को मार्चदेखि बनाउन थालिएको हो । बूष्टर मात्राको रुपमा प्रयोग गर्न मिल्ने यस खोपलाई कम्तिमा ६ महीनासम्म भण्डारण गरेर राख्न सकिनेबताइएको छ ।

जनावरहरुमा शुरुआती चरणमा गरिएको परीक्षणले सकारात्मक नतिजा देखाएको छ । खोपको प्रभावकारिताले आफूहरु नै अचम्मित बनेको नोजाका बताउँछन् । अहिले प्रयोगमा आइरहेका खोपहरु जस्तो यो खोप लगाएपछि ज्वरो आउने जस्ता साइड इफेक्टहरु देखिंने सम्भावना पनि अति नै कम भएको बताइएको छ ।


खोपलाई जापानमा मात्रै नभएर विश्वभर सकेसम्म छिटै प्रयोगमा ल्याउने विकासकर्ताहरुको चाहना छ । यो खोप दुई वर्ष भित्र प्रयोगमा आउने अपेक्षा गरिएको छ । सुईबाट खोप लगाउने डर लाग्ने वा ट्राईपानोफोयिबा ९सुईदेखि डर लाग्ने रोग० भएकाहरुलाई यो खोपले राहत दिनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्