Logo
Logo

एनआरएनको पैसा बालुवाटारमा ?



काठमाडौं । गैरआवासिय नेपाली संघ(एनआरएन)मा समेत सरकारको ठाडो हस्तक्षेप भएको छ । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको स्वार्थमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन रोक्न निर्देशन दिएपछि विश्वभरीका एनआरएनहरु चकित भएका छन् । एनआरएनका केही व्यक्तिहरुको स्वार्थमा आरजु देउवाले यस्तो निर्देशन दिन लगाएकी हुन् । जसले विश्वभरीका एनआरएनहरु स्तब्ध भएका छन् ।

स्रोतका अनुसार कुल आचार्यको स्वार्थअनुसार यसरी निर्वाचन स्थगित गर्न लगाइएको हो । आरजु देउवा जसरी पनि आचार्यलाई एनआएनको अध्यक्ष बनाउन चाहन्थिन् । तर, आचार्यको पक्षमा तत्काल माहोल नदेखिएपछि निर्वाचन रोक्न लगाइको हो । यसमा आर्थिक चलखेल समेत रहेको चर्चा एनआरएन नेताहरुबीच छ ।

प्रतिनिधि विवाद रहेको भन्दै निर्वाचन प्रक्रिया रोक्न माग गरी केहीले दिएको उजुरीका आधारमा त्यस्तो निर्देशन दिइएको हो । जसले एनआरएनमा विवाद चर्किएको छ । सो निर्देशनविरुद्ध अध्यक्षका सशक्त उम्मेदवार मानिएका बद्री केसी तथा महासचिव हेमराज शर्मा असन्तुष्ट बनेका छन् । त्यसविरुद्ध अदालत जाने उनीहरुको तयारी छ । नियमनकारी निकायले यसरी राजनीतिक हस्तक्षेप गर्दा एनआरएनको अस्तित्व नै संकटमा परेको कतिपयको बुझाई छ । राजनीतिक हस्तक्षेपले एनआरएनको १० औं महाधिवेशन नै अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्