Logo
Logo

शिक्षक हत्याको आरोपमा एक महिला पक्राउ



दैलेख । दैलेखको मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रकुमार बिसीको हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

मंगलबार बिहान ७ बजेतिर उक्त विद्यालयको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा शिक्षक बिसीको शव फेला परेको थियो । उनले हत्याको आरोपमा विद्यालय नजिकैकी २५ वर्षीया सुना राना पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार रानाले व्यक्तिगत रिसिइबीका कारण २८ गते राति साढे १ बजेतिर धारिलो हतियारले घाँटी रेटी शिक्षकको हत्या गरेको स्वीकार गरेकी छन् ।

पक्राउ परेकी रानालाई कर्तव्य ज्यानको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्