उत्तर कोरियाद्वारा पहिलोपटक रेलबाट क्षेप्यास्त्र प्रक्षेपण « Drishti News – Nepalese News Portal
Logo

उत्तर कोरियाद्वारा पहिलोपटक रेलबाट क्षेप्यास्त्र प्रक्षेपण


एजेन्सी


प्योङयाङ । उत्तर कोरियाले पहिलोपटक रेलबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर कोरियाले छोटो दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट बिहीबार यो प्रक्षेपण गरेको हो ।

यसअघि गएको सोमबार मात्रै लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । बुुधबार दक्षिण कोरियाले पनि पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको थियो ।

प्योङयाङको आधिकारिक समाचार संस्था केसीएनएले ‘रेलवे–ब्रोन मिसाइल रेजिमन्ट’को अभ्यासको क्रममा सो क्षेप्यास्त्र प्रक्षेपण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्