Logo
Logo

थारु भाषामा ‘हे जित माहान’ सार्वजनिक



सुनसरी । संचारकर्मी नवीन चौधरीको शब्दमा थारु जितिया पर्वलाई समावेश गििरएको गीत ‘हे जित महान’ सार्वजनिक भएको छ । विश्वकर्मा पुजाको अवसरमा शुक्रबार भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा थारु चर्चित गायिका अनुमा चौधरी स्वर रहेको छ । सुनिल चौधरीको संगीत रहेको उक्त गीतमा अुनमालाई उनले स्वरमा समेत साथ दिएका छन् । सो गीतको एरेन्ज गणेश चौधरी र मिक्सिङ चन्द्र चौधरीले गरेको हुन् ।

यस गीतमा मोडल सविता चौधरी र गोविन चौधरीले अभिनय गरेका छन् । झण्डै तीन दर्जन थारु चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीका अध्यक्ष जानकी चौधरी भिडियोमा विषेश भूमिकामा देखिएकी छन् ।

जानकीलाई पन्नालाल चौधरी, राम्री चौधरी, प्रदीप जस्मैतलगायत कलाकारले साथ दिएका छन् । भिडियोमा रविन चौधरीले छायाँकन रहेको भिडियोलाई जनक चौधरीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा थारु संस्कार तथा रहनसहनलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्