Logo
Logo

आदिवासी जनजाती महासंघ युएईको अध्यक्षमा विजयलक्ष्मी



काठमाडौं । आदिवासी जनजाती महासंघ युएईको अध्यक्षमा विजयलक्ष्मी राई चुनिएकी छन् । शुक्रबार सम्पन्न अधिवेशनले विजयलक्ष्मी राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

विजयलक्ष्मी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेकी थिइन् । अध्यक्ष पदमा चयन भएसँगै बिजयलक्ष्मीले आफ्नो कार्यकालमा आवद्ध सबै जातिय संघसंस्था तथा विदेशी शाखासँग समन्वय गरेर आदिवासी जनजातिको मुद्दालाई उठन गर्ने र नेफिन युएई दर्ता प्रक्रियालाई अगाडि बढाउने प्रतिवद्धता जनाइन् । उनले भनिन्, ‘आफ्नो जिम्मेवारीप्रति पूर्ण कर्तव्यनिष्ट हुने प्रतिवद्धता जनाउँदछु ।’

अध्यक्ष पदका लागि बिजयालक्ष्मी राईसहित तीन जनाले उमेदवारी दिएका थिए । सुरुमा सहमतिमा कार्यसमिति चयन गर्ने भनिएपनि प्रयास असफल भएपछि निर्वाचन संयोजक डेरराज गुरुङको संयोजत्वमा अनलाइन भोटिङको व्यवस्था गरिएको थियो । भोटिङमा विभिन्न १० जातीय संघसंस्था सहभागी भएका थिए ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नविन दोङ, (तामाङ समाज युएई), उपाध्यक्षमा डम्बर लिबाङ लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई), उपाध्यक्षमा निमा शेर्पा (शेर्पा किदुग युएई), महासचिव रन्जन भुजेल (प्रवासी भुजेल सेवा समाज युएई) र सचिवमा रिन्जिन पासाङ शेर्पा (शेर्पा किदुग युएई) चयन भएका छन् ।

यस्तै, महासंघको प्रवक्तामा पदम योन्जन (तामाङ समाज युएई), कोषाध्यक्ष बिक्रम पधाक लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई) र सहकोषाध्यक्षमा सोनु थोकर (तामाङ समाज युएई) चयन भएका छन् ।

महिला प्रमुखमा मनु गाहा मगर (नेपाल मगर शाखा युएई) रहेको महासंघको सदस्यहरुमा पासाङ शेर्पा, यमन घर्ती, राजेन्द्र थापा मगर, भुपेन्द्र थनेत, सुर्यनारायण चौधरी, भगिरथी कुमार भगत, दलबहादुर जिटी, राजु गुरुङ, प्रबिन गुरुङ, पेचकुमार सुनुवार, रमाकुमारी सुनुवार र धनकृष्ण राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्