Logo
Logo

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको मृत्यु



एजेन्सी । अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको मृत्यु भएको छ । उनको शुक्रबार ८४ वर्षको उमेरमा मृत्यु भएको हो ।

सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए । उनले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिएका थिए ।

देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहनु भएका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिनु भएको थियो ।

आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उनले बताएका थिए । उनले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो ।

आन्दोलनबाट सत्ताबाट बाहिरिएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आएका थिए । उनले लामो समयदेखि सार्वजनिक हुनु भएको थिएन । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उनी पहिलो पटक सन् १९९९ मा राष्ट्रपति भएका थिए ।

फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो । देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उनले गरेको योगदानका कारण उनी उच्च सम्मानित थिए ।

प्रतिक्रिया दिनुहोस्