Logo
Logo

कमेडी च्याम्पियनकाे फाइनल आज, कसले मार्ला बाजी ?



काठमाडौं । ‘कमेडी च्याम्पियन’ रियालिटी सो दोस्रो सिजनको फाइनल आज (शनिबार) हुँदैछ । फाइनलमा ताप्लेजुङका भरतमणी पौडेल, गोर्खाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवालले प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल आज राति नौ बजे कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । उक्त सोको विजेताले नगद २५ लाखसहित कार पाउने छन् । त्यस्तै ‘फस्ट रनर अप’ले मोटरसाइकल र ‘सेकेन्ड रनर अप’ले स्कुटर पाउने आयोजकले जनाएको छ ।

उत्कृष्ट तीन प्रतिस्पर्धीमध्ये पौडेलको चर्चा अरुको तुलनामा अलि बढी हुँदै आएको छ । दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको अभिनय र कमेडीको प्रशंसा गर्दै आएका छन् । उनलाई कमेडीको उदाउँदो ‘मणी’ समेत भन्ने गरन्छि ।

उनको ‘क्यारिकेचर’, अभिनय र पफर्मेन्समा कन्फिडेन्सलाई धेरैले मन पराउने गरको छ । उनका घरबेटी र डेराबाल, डाक्टर साहेब, पुर्व युबराज पारसको क्यारिकेचर लगायतका प्रस्तुतीलाई धेरै दर्शकहरुले मन पराएका छन् ।

पौडेलसँगै अग्रवालको चर्चा पनि उस्तै छ । पौडेल र अग्रवालबीच कडा प्रतिस्पर्धा हुने दर्शकहरुले बताउँदै आएका छन् । कमेडीमा नयाँ पहिचान ल्याएको भन्दै अग्रवालको चर्चा हुँदै आएको छ । उनको ‘पेन्टोमाइम’ अभिनयले थप चर्चा भएको थियो । अग्रवालको उक्त अभिनय नबुझ्दा जर्ज सन्तोष पन्तको आलोचनामा पनि भएको थियो । साथै, उनले दर्शकहरुको गाली समेत खानु परेको थियो ।

विकीका वर्ड प्ले, वान लाईनरको सही सदुपयोग, अन एक्स्पेक्टेड ईन्ट्री र आउट अफ बक्स कन्टेन्टलाई धेरैले मन पराएका छन् । उनका यहाँनीर दुख्छ हो, एयर होस्टेज–बस कन्डक्टर, हरिमाया भाउजू, रावणको पुनर्जन्म, पेन्टोमाईमलगायतका प्रस्तुतिले दर्शकको मन जितेको छ ।

त्यस्तै गोरखाका थापाले पनि फाइनलमा पौडेल र अग्रवाललाई टक्कर दिँदै छन् । उनको खासै चर्चा नसुनिएपनि उनी कमेडी च्याम्पियनको दुई प्रतिस्पधी जस्तै खारीएर आएका प्रतिभा हुन् । पूर्व प्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष डा बाबुरमा भट्टराईले समेत उनको तारिफ गर्ने गरेका छन् ।

थापाको प्रस्तुतिमा रियल लाईफ एक्सपेरियन्स, अर्गयानिक कन्टेन्ट, प्रस्तुतिमा शालिनता र सरलता भेटिन्छ । उनका अङ्ग्रेजी टिचेर, महोत्सवको कथा, डेलिभरी ब्वाईको पीडालगायतका प्रस्तुति दर्शकले मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्