Logo
Logo

कोरियामा एक नेपालीको मृत्यु, शव पठाउन सहयोग रकम उठाइँदै



साउल । रोजगारीका लागि दक्षिण कोरिया आएका भोजपुर साल्पासिलिछो गाउँपालिका-१ कुलुङका सुजन घलेको मृत्यु भएको छ ।नुनसानस्थित स्थानीय अस्पतालमा उपचारत २८ वर्षीय घलेको हिजो (शुक्रबार) मृत्यु भएको सिओलस्थिति नेपाली राजदूतावासले जनाएको छ ।

करिब तीन हप्ताअघि काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि घलेलाई अस्पताल भर्ना गरिएको थियाे । भोजपुर परिवार दक्षिण कोरिया संघलेका अनुसार उनको मुटु र टाउकोमा समस्या देखिएको थियो ।

सात वर्षअघि कोरिया आएका मृतक घले केही वर्ष अघिदेखि गैरकानूनी रुपमा बस्दै आएका थिए । गैरकानूनी रुपमा बस्दै आएकाले घलेको सम्बन्धि ठूला अस्पतालमा समयमा नै उपचार गर्न नसकिएको संघले जनाएको छ । विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी सम्बन्धित अस्पतालको भर्नाको प्रक्रिया हुँदै गर्दा नै घले मृत्यु भएको संघको भनाइ छ ।

संघको अनुसार उनको उपचार खर्च साढे तीन करोड वोन उठेको छ । गैर कानूनी रुपमा बसोबास गर्दा स्वास्थ्य बिमा नहुने र उपचार महङ्गो परेको संघले जनाएको छ । संघका अनुसार अझै दुई करोड ५० लाख वन र्तिन बाकीँ रहेको छ ।

मृतक घलेको कम्पनीबाट दुई करोड २५ लाख र बाकीँ रकम २५ लाख वोन मृतकका तर्फबाट तिर्नुपर्ने छ । अस्पतालमा तिर्न बाकीँ २५ लाख, शव गृह खर्च (अनुमानित) ११ लाख र हवाईजहाज खर्च ५४ लाख गरी लगभग कुल ९० लाख वोन रकम आवश्यक भएको संघले जनाएको छ ।

घलेको शव दूतावाससँग समन्वय गरी २६ सेप्टेम्बरमा सिंगापुर एयर लाईन्स मार्फत नेपाल पठाउने तयारी गरएको संघले जनाएको छ ।

सहयोग रकम उठाइँदै

मृतक घलेको शव नेपाल पठाउन कोरियामा रहेको नेपालीहरुले सहयोग रकम उठाउन थालेका छन् । रकम संकलनका लागि सस्थाको सह–कोषाध्यक्ष कुमार थापा आइबीकेकाे बैंकको खाता नम्बर (221-425464-02-028) प्रयोग गरिएको छ ।

सह–कोषाध्यक्ष थापाका अनुसार अहिलेसम्म हरि प्रसाद भट्टराई र रुपेश थापाबाट एक–एक लाख वोन सहयोग प्रप्त भएको छ । सन्जय श्रेष्ठ, उदय राई, पासाङ्ग शेर्पाले पनि ४०/४० हजार वोन सहयोग गरेको थापाले जानकारी दिए ।

त्यस्तै सुमन्त मगर, अजय खत्री, पारुहाङ्ग राई, राजन थापा, नवीन परियार, अन्जान कुलुङ र भुपाल थापाबाट ३०/३० हजार वोन र डीबी राई, गोबिन्द बिसि, दिपेन्द्र राई, जस्मिमन किराती र संतोष थुलुङ्गबाट २० /२० हजार वोन सहयोग प्रप्त भएको छ । उमेश राई र सुनिल राईले पनि २१/२१ हजार वोन सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्