Logo
Logo

खुलामञ्च कब्जा, महानगरपालिकाको रहस्यमय मौनता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १३ वैशाख ।

खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यवसायिक प्रयोजनका लागि सटर निर्माण भइरहेपनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ ।

अनुमति नदिएको बताउने काठमाडौं महानगरपालिकाले पनि कारबाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन । काठमाडौं भ्यूटावर बनाउन ठेक्का लिएको स्वच्छन्द विकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको हो ।

कम्पनीले ५२ वटा सटर तयार गर्दैछ । केही पसल चल्न थालिसकेका छन् । महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्