Logo
Logo

संविधान संशोधन नभएसम्म विरोध : जनमत पार्टी



काठमाडौं । देशैभर विभिन्न कार्यक्रम गरी आज संविधान दिवश मनाइँदैछ । तर, यसैबेला मधेश केन्द्रित राजनीति गतिविधि गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ ।

जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोभ गर्ने यो पार्टीले जनाएको छ । पार्टीले संविधानको विरोधमा विभिन्न जिल्लामा विरोधका कार्यक्रम गर्न नेताहरूलाई सर्कुलर गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेताहरू विरोध कार्यक्रममा सम्भव भएसम्मका जिल्लाका कार्यक्रममा सहभागी हुने सिंहले बताए । उनले पार्टीको बैठक चलिरहेको र त्यसैबाट अध्यक्ष राउतलगायत शीर्ष नेता कहाँ जाने भनि टुंगो बताए ।

त्यस्तै, कौशलकुमार सिंह नेतृत्वको लोक दलले पनि देशभरी संविधान संशोधनको माग गर्दै विरोधका कार्यक्रमहरू गर्ने भएको छ । लोक दल पार्टीले आइतबार कालो दिनका रूपमा मनाउने र संविधान संशोधन नहुँदासम्म विरोधका कार्यक्रम जारी राख्ने अध्यक्ष सिंहको भनाइ छ ।

तराई मधेस राष्ट्रिय परिषद्ले पनि माइतीघरमा विरोध प्रदर्शन गरेर संविधान दिवशको विरोध गर्ने कार्यक्रममा रहेको सो पार्टीका संस्थापक सदस्य सरोज रायले बताए ।

प्रतिक्रिया दिनुहोस्