Logo
Logo

पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २०औं स्मृति दिवस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ वैशाख ।

नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी सम्झना गरिँदैछ ।

आज शुक्रबार बिहान ८ बजेपछि ललितपुरको सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठान श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । मनमोहन अधिकारी स्मृति प्रतिष्ठानमा बिहान हुने कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागी हुनेछन् ।

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ प्रधानमन्त्री हुनुभयो । उहाँको नेतृत्वमा सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो, जुन नेपालको इतिहासमा ९ महिने सरकारको रूपमा चिनिन्छ ।

सरल जीवन र आजीवन संघर्षका आदर्श व्यक्तित्वका रुपमा अधिकारी नौं महिने शासनकालमा आफ्नो गाउँ आफै बनाऔं, वृद्धभत्ता जस्ता लोकप्रिय र जनप्रिय कार्यक्रमबाट जनजनको मनमा स्थापित हुनुभएको थियो ।

२०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका मनमोहन अधिकारी आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्न पुगेका थिए । अधिकारीको १३ बैशाख २०५६ सालमा निधन भएको थियो । संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेपालको बाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो ।

गरिब निमुखा नेपालीको ह्रदयमा बस्न सफल, इमान र निष्ठाका पर्याय बन्नेका अधिकारीको २०५६ सालको संसदीय निर्वाचनको क्रममा वैशाख १३ गते निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्