Logo
Logo

ओमान १२१ रनमै समेटियो, करण र सन्दीपले लिए ४/४ विकेट



काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ओमनले नेपाललाई १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ । आइतबार अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो ।

ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान मकसुद बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालको लागि करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिए । नेपालका लागि केसीले ८ ओभरमा मात्र २५ रन खर्चेर ४ विकेट लिए भने लामिछानेले ८।१ ओभरमा १८ रन खर्चेर समान विकेट लिए । शरद भेस्वाकरले २ विकेट लिए ।

शृङ्खलामा नेपाल ओमानसँग यसअघि ५ विकेटले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा अमेरिकालाई नेपालले ५ विकेटले नै पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग हार बेहोरेको नेपाल तेस्रो खेलमा पनि अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्