Logo
Logo

राज कुन्द्राले बनाएका थिए ११९ पोर्न फिल्म, ८.८४ करोड भारुमा बेच्न चाहेको खुलासा



काठमाडौं । पोर्न फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ परेका छन् । उनले पोर्न फिल्मका व्यापारमार्फत दुई वर्षमा आफ्नो एपका प्रयोगकर्ता ३ गुणा र नाफा ८ गुणा बढाउने योजना बनाएको जनाइएको छ । उनले आफ्नो ११९ फिल्मलाई ८।८४ करोड भारुमा बेच्न चाहेको पनि भारतीय सञ्चार माध्यमले दैनिक भास्करले जनाएको छ ।

स्रोतका अनुसार उनको एउटा एपमाथि प्रतिबन्ध लाग्दा उनले अर्को एप पनि बनाएका थिए । कुन्द्रा डिजिटल मिडियामार्फत् अवैध तरिकाले पैसा कमाउने सबै तरिका कुन्द्राले अपनाइसकेको पनि यसमा बताइएको छ ।

भारतीय मिडियाका अनुसार जब यसबारे पर्दाफास भयो तब उनले केही डाटा डिलिट गरेर आफूलाई बचाउने कोसिस गरे तर मुम्बई प्रहरीको सप्लिमेन्ट्री चार्जशीट (पूरक आरोपपत्र) मा दिइएको विवरणमार्फत् राजको यो प्रयास विफल रहेको थाहा हुन्छ ।

राजलाई उनको काम गैर कानूनी हो र उनी फस्न सक्छन् भन्ने थाहा थियो । उनले आफ्ना सबै डाटा डिलिट गर्ने कोसिस गरेका थिए । गुगल प्ले र एप्पल स्टोरले हटशट एपमा अश्लील सामग्री भएका कारण उनलाई प्रतिबन्ध गरेको थियो ।

त्यसपछि राजले अर्को एप ‘बोली फेम’ बनाएका थिए तर उनले हटशटको सबै डाटा डिलिट गर्न आफ्नो आइटी शाखालाई निर्देशन दिइसकेका थिए । यस वर्ष फेब्रुअरीमा प्रहरीमा ऊजुरी परेपछि राजले आफ्नो मोबाइलबाट ‘हटशट’ एपबारे ह्वाट्सएप मेसेज र च्याट पनि डिलिट गरिदिएका थिए । रयान थारपको मोबाइलबाट पनि डाटा डिलिट गराउने गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्