Logo
Logo

खुल्ला मञ्च विक्रि गर्ने (नेकपा) सदश्य ?


- दृष्टि न्युज/संवाददाता


 

खुल्ला मञ्चमा ठेकेदार र महानगरपालिकाका पदाधिकारीहरु मिलेर सटर वनाई लाखौंमा वेचिरहेको समाचार सार्वजनिक भएको कयौं दिन भैसकेकोछ ।

तर महानगरपालिकाका मेयर कामरेडले भने कुनै पहल गरेको समाचार आएको छैन । मेयरले चाहने हो भने उक्त ठेकेदारलाई तुरुन्त कारवाही गर्न सक्दथ्यो र वेचिएको खुल्ला मञ्च फिर्ता गर्न सक्दथ्यो ।

सरकारी नेकपाका सदश्य समेत रहेका मेयर कामरेडले कयौं दिन भैसक्दापनि वेचिएको खुल्ला मञ्च फिर्ता ल्याउन कुनै पहल नगरेकोले सो वेचविखनमा उनको पनि गोप्य साँठगाँठ रहेको प्रष्ट हुन्छ ।

 

राजधानीको मेयर चलाउन उनी नालायक सावित भएकाछन् । उनले चुनावी अभियानमा गरेका वाचाहरु एउटा पनि पूरा नगरेको जनगुनासो वढीरहेकोछ ।

उनले मेयर पद सम्हालेको आगामी जेठमा २ वर्ष पूरा हुँदैछ । २ वर्षमा पनि जनताको सानो अपेक्षा सम्मपनि पूरा गर्न नसक्नु उनको ठुलो कमजोरी देखिंदैछ ।

अहिले खुल्ला मञ्च विक्रि काण्डले मेयर कामरेड कति सम्म असक्षम रहेछ भन्ने देखाउँछ । राणा, राजा, पंच र कांग्रेसले पनि नगरेको यस खुल्ला मञ्च विक्रि काण्ड सार्वजनिक भएको यतिका दिन भैसक्दापनि कुनै कारवाहीको पहल नगरिनुले उनको पनि भित्रि साँठगाँठ पुष्टि गरेकोछ ।

अहिलेको मेयर पद भनेको पहिलाको भन्दापनि शक्तिशाली पद हो । तर केशव स्थापितले जतिपनि काम नगर्नु भनेको नालायकीको पराकाष्ठा हो ।

गत आर्थिक वर्षको १२ अर्ब ८७ करोडको कामपाको वजेट मध्ये यी मेयर कामरेडले ५ अर्ब पनि खर्च गर्न सकेनन् । यो भनेको केवल ३८ प्रतिशत मात्रै हो ।

यस आर्थिक वर्षको १३ अर्व २ करोड वजेट मध्ये नौ महिनामा २५ प्रतिशत पनि खर्च गर्न सकेको छैन कामपाले । यसवाट पनि मेयर कामरेडले काठमाण्डौंवासीलाइ धोका दिएको स्पष्ट देखिन्छ ।

अहिले भर्खरैपनि निजी स्कुलहरुलाई ३० प्रतिशत भन्दापनि वढी शुल्क वृद्धि गर्न मेयर कामरेडले स्वीकृति दिए । चर्को विरोधका वावजुदपनि उनले यसलाई फिर्ता लिएनन् र समाजवाद उन्मुख निशुल्क माध्यमिक शिक्षा भनेर संविधान कानूनमा लेखिएको कुराको खिल्ली उडाएर पूँजीवादी शिक्षालाई नै निरन्तरता दिए । निजी स्कुलहरुले चर्को शुल्कमा विद्यार्थी भर्ना गरिसकेपछि भने यी मेयर कामरेडले शुल्क वृ्द्धि नगर्न परिपत्र गरेकाछन् ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्