Logo
Logo

संखुवासभा सामूहिक हत्या घटनाबारे अनुसन्धान गर्ने दुई प्रहरी सर्वोत्कृष्ट



विराटनगर । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्ने दुई प्रहरी अधिकृत भदौ महिनाको सर्वोत्कृष्ट घोषित भएका छन् ।

ईलाका प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट घोषित भएका हुन् ।

सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै सर्वोत्कृष्ट प्रहरी अधिकृतको रुपमा घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमासमेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने प्रदेश–१ प्रहरी कार्यलयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्