Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : विश्व बैंकसँग सहयोग आग्रहदेखि नेप्से परिसूचक ओरालोसम्म



हेडलाइन्स्

१. दश हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकका लागि सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन, स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका सबैलाई असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप दिइने, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलाका १८ वर्षभन्दा माथिका सबैले भेरोसेल खोपको पहिलो मात्रा लगाउन पाउने ।

२. कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्न विश्व बैंकसँग अर्थमन्त्री जनार्दन शर्माको आग्रह, सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले विश्व बैंकको सहयोग आवश्यक रहेको भनाइ, नेपाललाई सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने विश्व बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनको प्रतिवद्धता, आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागीताका लागि नेपाललाई विश्व बैंकको आग्रह ।

३. प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास नेपालको संविधानले परिकल्पना नगरेको सर्वोच्च अदालतको भनाइ, संवैधानिक इजलास विवादसम्बन्धी मुद्दामा सर्वोच्चका तर्फबाट रजिष्ट्रार नारायण पन्थीद्धारा पेश लिखित जवाफमा प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलास नहुने भएकाले इजलासको अध्यक्ष अरू हुन नसक्ने उल्लेख, नेपालको संविधानले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य भनेकाले प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलास हुन नसक्ने दाबी ।

४. नेकपा एमालेले स्थायी कमिटी बैठकमा प्रस्तुत तीनवटै प्रतिवेदन केन्द्रीय कटिमी बैठकमा लैजाने, स्थायी कमिटी बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुबाट सुझाव प्रस्तुत, स्थायी कमिटी सदस्यहरुको सुझावहरुलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्ने, केन्द्रीय कमिटीबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते सम्पन्न हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने, राजनीतिक प्रतिवेदनमा उपमहासचिव घनश्याम भुसालको आठ पृष्ट लामो फरक मत ।

५. प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई धन्यवाद व्यक्त, आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता कार्यकर्तालाई नआत्तिन आग्रह ।

६. पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाए पनि सरकारमा सहभागी नहुने जनता समाजवादी पार्टी नेपाल (जसपा)को अडान, सहज रुपमा राजनीतिक दल विभाजन हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय नभएसम्म सरकारमा सहभागी नहुने, अध्योदश निष्कृय नभइ सरकारमा सहभागी हुँदा मन्त्रीका आकाँक्षीले पार्टी विभाजन गर्नसक्ने जसपालाई त्रास ।

७. नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थाल्यो, ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना शीघ्र निर्माणमा जोड, विद्युत् खपत बढाउन योजनावद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाइएको प्राधिकरणको भनाइ, प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीलाई मागेअनुसार विद्युत् उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नुपर्ने अवस्था अत्य गर्ने योजना ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ११४ दशमलव शुन्य २ अंकले घट्यो, उच्च अंकले ओरालो लागेर २ हजार ६ सय ९८ दशमलव २,४ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलव ५,१ बिन्दुले घटेर ५ सय ६ दशमलव २७ अंकमा सिमित, विभिन्न ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट, शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्नेमा अधिकांश जलविद्युत् कम्पनी ।


९. मुख्य प्रशिक्षक डेभ ह्वाटमोरलाई नेपाली क्रिकेट टोलीले आइतबार राती जितका साथ सुखद बिदाई गर्यो, आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा ओमानलाई ७ विकेटले पराजित गराउँदै ह्वाटमोरले मुख्य प्रशिक्षकबाट बिदा लिए, कोरोनाका कारण परिवासँग भेट्न नपाएको भन्दै ह्वाटमोरले राजीनामा दिएको बताए पनि भारतको बरोडा क्रिकेट टोलीसँग सम्झौता गरिसकेको नेपाल छोडेको चर्चा ।

१०. अफगानिस्तानमा तालिवानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढ्यो, महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने तालिवानको संकेत, महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको आरोप, सरकारको पछिल्लो गतिविधिका कारण अफगान महिला चिन्तित ।

प्रतिक्रिया दिनुहोस्