Logo
Logo

बजेट खर्चका लागि बाटो खुल्दै



काठमाडौं । सरकारी ढुकुटीबाट भदौ ३१ पछि रकम खर्चिन नपाएको अवस्थामा प्रतिनिधसभामा प्रतिपक्षीको नाराबाजीबीच प्रतिस्थापन विधेयक पारित भएको छ । यसबाट सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ ।

बजेट खर्च गर्न कानूनी अड्चन आएसँगै बजेटसँग जोडिएका विषयलाई संसद्बाट द्रुतगतिमा टुंग्याउने नीतिका साथ सरकार अघि बढेको छ । यसै क्रममा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न ल्याएको बजेटसँग सम्बद्ध विनियोजन विधेयक संसद्बाट पास भएको छ ।

एमालेको अवरोधकै बीचमा अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २५ गते (शुक्रवार) आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गरेका थिए । उक्त विधेयकमा सरकारले अघिल्लो सरकारको बजेटमा संशोधन गर्दै केही आयोजना खारेज गर्नुका साथै बजेटको अंकसमेत घटाएको थियो ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत १४ अर्ब ७४ करोडले घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेको थियो । पूर्ववर्ती सरकारले गत जेठ १५ मा अध्यादेशमार्पmत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिस्थापन विधेयकमार्फत केही करका दरहरूसमेत परिवर्तन गरेको सरकारले सामाजिक सुरक्षाका केही नयाँ कार्यक्रमसमेत समेटेको थियो ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्