Logo
Logo

विज्ञको सुझावः ‘फाइजर खोप बालबालिकालाई’



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कोभाक्स सुविधाअन्तर्गत प्राप्त हुने १ लाख ६ सय २० डोज फाइजर खोप १२ देखि १७ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई दिन विज्ञहरूले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो खोप ५५ वर्षमाथिका दीर्घरोगी भएका र सुपर स्पेसलाइज्ड (अति विशिष्ट) अस्पतालमा प्रयोग गर्ने तयारी थालेको छ । ५५ वर्षमाथिका दीर्घरोगीलाई हाल उपलब्ध खोपले नै यथोचित सुरक्षा प्रदान गर्ने तर्क विज्ञहरूको छ ।

१२–१७ वर्ष उमेर समूहका लागि हाल मुलुकमा खोप नरहेको र संक्रमण भए मृत्युको जोखिम बढी रहने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग विभाग प्रमुख डा। प्रकाश पौडेलले बताए । ‘५५ वर्षमाथिकाले फाइजर लगाउनु एक प्रकारले खेर जानु हो,’ उनले भने, ‘दीर्घरोग भएका बालबालिकामा उपयोग गरेर उनीहरूको ज्यान जोगाउनुपर्छ ।’ उनका अनुसार कुनै औपचारिक अध्ययन नभए पनि अस्पताल आउनेमध्ये करिब ५ प्रतिशत बालबालिकामा दीर्घरोग देखिएको छ । उनीहरूमा दमको समस्या बढी भएकाले कोभिड हुँदा भेन्टिलेटरमा जाने जोखिम बढी रहने चिकित्सक बताउँछन् । खोप प्राप्त हुने चरणमै रहेकाले बालबालिकालाई नै दिए बुद्धिमानी हुने कान्ति बाल अस्पतालका निर्देशक डा। अजित रायमाझीको भनाइ छ ।

डा। पौडेलका अनुसार एचआईभीरएड्स, क्यान्सर उपचारअन्तर्गत किमोथेरापी लिइसकेका, मुटुको समस्या भएका, मिर्गौलाका दीर्घरोगी, मधुमेह भएका दीर्घरोगी बालबालिकालाई फाइजर दिए कोभिडको जोखिमबाट केही हदसम्म जोगाउन सकिन्छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले भने फाइजर खोप सबै बालबालिकालाई दिन सक्ने अवस्था नभएकाले ५५ वर्षमाथिका दीर्घरोगीलाई दिने तयारी थालिएको बताए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्