Logo
Logo

बिरामी ठग्नेलाई विभूषण



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही विवादास्पद व्यापारीलाई समेत चलखेलका आधारमा विभूषण दिएको खुलेको छ । कोरोना महामारीको समयमा बिरामीलाई ठगी गर्ने अस्पतालका सञ्चालक समेत यो वर्ष विभूषित भएका छन् ।

पटक–पटक कारबाहीमा परेको ह्याम्स अस्पतालका मालिक रामशरण(आरएस)ं भण्डारीलाई विभूषण दिने निर्णय गरिएको छ । कोरोना परीक्षणदेखि उपचारमा ठगी गरेको आरोपमा सो अस्पतालमाथि कारबाही भएको थियो ।

सुरुमा सरकारले तोकेभन्दा धेरै शुल्क लिएर अस्पतालले कोरोना परीक्षण गरेको थियो । स्वास्थ्य मन्त्रालयको छानबिनमै त्यो कुरा पुष्टि भयो । दोस्रो महामारीको समयमा चर्काे शुल्क असुलेकोमा तत्कालीन सिडिओ कालिप्रसाद पराजुलीले स्पष्टीकरण सोधेका थिए ।

क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरबाही गरेकोमा कारबाही सिफारिस गरिएको थियो । गलत उपचारका कारण पाइलट राणाको मृत्यु भएको नेपाल मेडिकल काउन्सिलको छानबिनमा पुष्टि भएपछि त्यसमा संलग्न चिकित्सक कारबाहीमा परेका थिए ।

यसरी श्रृङखलाबद्ध बदमासीमा मुछिएको अस्पताल संविधान दिवसमा पुरस्कृत भएको हो । भण्डारी मेडिकल माफियाका रुपमा चिनिन्छन् । औषधी उपकरणको व्यापारबाट कमाएको पैसाले उनले सो अस्पताल खरिद गरेका थिए । अहिले उपत्यकाको महंगो अस्पतालमध्येमा ह्याम्स पर्दछ । त्यसरी बिरामीबाट ठगेको पैसा भने उनले जुवा खेलेर सिध्याउने गरेका छन् । चलखेलकै आधारमा उनले विभूषण पाएकोमा विवाद छैन । त्यस्तै, उपत्यकामा गुन्डागर्दी गर्ने एक युवकलाई समेत चलखेलका आधारमा विभूषण दिइएको गृह मन्त्रालय स्रोत बताउँछ । कालोसूचीका ठेकदार हुमनाथ कोइरालालाई दिइएको विभूषण यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्