Logo
Logo

सभामुखको भूमिकाप्रति दाहालको प्रश्न



काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाएको छ ।

मंगलबार बसेको बैठकमा एमाले सांसद देवेन्द्र दाहालले प्रतिनिधि सभामा सभामुखले गुरिल्ला अभ्यास गरेका भन्दै आक्रोस पोखे । उनले भने, ‘प्रतिनिधि सभामा सत्तापक्ष, प्रतिपक्ष, मन्त्री कहाँ बस्ने मर्यादा हुन्छ । मन्त्रीका लागि छुट्याइएको कुर्सीमा अर्थमन्त्रीलाई देखिएनन् । एउटा कुनाबाट आएर विनियोजन विधेयक प्रस्तुत गर्नुभयो ? सभामुख के हेरेर बस्नुभयो ?’

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा तय गरिएको १५ सय बढी आयोजनाका रकम कटौती गरेको पनि बताए । उनले भने, ‘पूर्ववर्ति सरकारले गरेका १५ सय बढी सडक आयोजनाका रकम कटौती गरियो, इतिहासमा कहिल्यै नसुनिएको बजेट ‘होलिडे’ यहीँ सरकारको पालामा आयो ।’

अर्थमन्त्री जनार्दन शर्माले भने ओली नेतृत्वको सरकारका पालामा तय गरिएको कुनै पनि योजना नकाटिएको यसअघि नै स्पष्ट पारिसेकका छन् ।

प्रतिक्रिया दिनुहोस्