Logo
Logo

राष्ट्रिय सभामा एमालेले माग्यो सभामुखको राजीनामा



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाको राजीनामा मागेका हुन् ।

पदीय मर्यादा कायम गर्न नसकेको भन्द बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्न अनुमति दिएका थिए ।

सांसद श्रेष्ठले एमालेले कारबाही गरेको १४ सांसदहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप लगाए ।

‘कुर्सीको गरिमालाई जोगाउनु पर्दैन ? यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने त्यो कुर्सीको महत्त्वलाई बुझ्न सकिन्न । त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन’, श्रेष्ठले भने, ‘हामीले भनिराखेका छौं–तत्काल उहाँले निकास दिनुपर्छ । त्यो भनेको राजीनामा हो।?’

प्रतिक्रिया दिनुहोस्