Logo
Logo

एक हजार ३३० संक्रमित थपिए, ५ जनाको मृत्यु



काठमाडौं । नेपालमा मंगलबार एक हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ६२२ नमुना परीक्षण गर्दा एक हजार ३ सय ३० संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआरबाट १०३६ र एन्टिजेनबाट २९४ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ९ हजार ६२६ जनाको पीसीआर र ३ हजार ९९६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ५५ हजार २ सय ४२ जनाले खोप लगाएका छन् ।

त्यस्तै गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्