Logo
Logo

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय



काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेको बेला सत्ता गठबन्धनले एक मन्त्री थप गर्ने निर्णय गरेको छ ।
सत्ता गठबन्धनको सहमतिअनुसार नेपाली काँग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्नेछन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे
बैठकले खड्कालाई मन्त्री बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

काँग्रेसले यसअघि नै दुई मन्त्री सरकारमा पठाइसकेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री सरकारमा सहभागी छन् । सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री पठाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्