Logo
Logo

काँग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्रीको नाम टुंगो लगाउने



काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दैछ ।

सरकारमा सहभागी हुने बाँकी मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ । मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरिसकेको छ । यसअघि नै कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिसकेका छन् ।

आसन्न महाधिवेशनका बाँकी कामबारे छलफल गर्न पनि आजको बैठक बोलाइएको काँग्रेस नेताले बताएका छन् । महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्