Logo
Logo

सार्क परराष्ट्रमन्त्री स्तरीय ‘साइडलाइन’ वार्ता रद्ध



काठमाडौं । अफगानिस्तानको प्रतिनिधित्व विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा दक्षिण एसियाली सहयोग संगठन (सार्क) परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता नहुने भएको छ ।

हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने (सार्क) परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता हुने गर्दथ्यो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएको थियो । तर, सदस्य राष्ट्रबीच कुरा नमिलेपछि योजक मुलुक नेपालले अन्य मुलुकलाई बैठक रद्ध भएको जानकारी गराएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्