Logo
Logo

एकीकृत समाजवादीको बैठक आज पनि



काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । मंगलबार सुरु बैठकमा अध्यक्ष माधवकुमार नेपालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।

सोमबार बैठकमा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिह्न प्रस्ताव र समसामयिक प्रस्ताव पेस गरिएको थियो । उक्त प्रस्तावहरुमाथि आज पनि छलफल चल्नेछ ।

पाँट वटा समूह विभाजन गरेर जारी छलफल सकिएपछि टोली नेताले प्रस्तुत प्रतिवेदनमाथि सुझाव पेस गर्नेछन् । बैठक आजै सम्पन्न गर्ने एकीकृत समाजवादीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्